माओवादी द्धारा आज देखि तीन महिने ‘जनतासँग माओवादी’ कार्यक्रम सुुरु
प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ को उद्घाटन गरेका छन् ।
माओवादीले चलाएको तीनमहिने विशेष रूपान्तरण अभियानको उद्घाटन गर्दै उनले माओवादी इतिहासकै चुनौतीपूर्ण मोडमा रहेको बताए । “परिवर्तन र क्रान्तिको नेतृत्व गरेको हाम्रो पार्टी इतिहासकै चुनौतीपूर्ण मोडमा पुगेको छ । यो अभियानले जनतासँगको पार्टीको सम्बन्ध बलियो बनाउने विश्वास गर्दछु,” उनले भने ।
प्रचण्डले समाजवादको आधार तयार पार्ने जिम्मेवारी समय र आवश्यकताले माओवादीलाई दिएको बताए । “युगले हाम्रो पार्टीलाई समाजवादको आधार तयार पार्ने जिम्मेवारी दिएको छ, हामीले बुझ्नुपर्छ । कमरेडहरू जो जहाँ पुग्नुभएको छ, त्यसैगरी जनतासँग सम्बन्ध बनाउनुस्,” प्रचण्डले भने ।
प्रचण्डले माओवादी नेतृत्वको सरकाले गरेका राम्रा कामहरूको प्रचारप्रसार हुन नसकेको बताए ।