काठमाडौं र ललितपुरमा आज विद्युुत अवरुद्ध हुने – Nepalboli

काठमाडौं र ललितपुरमा आज विद्युुत अवरुद्ध हुने

   १६ भाद्र २०८०, शनिबार  

नेपाल विद्युत प्राधिकरणले आज काठमाडौं र ललितपुरका विभिन्न स्थानमा दिनभर विद्युत अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै टेकु सबस्टेसनमा ट्रान्सफर्मर पुरानै स्विजगियरमार्फत चार्ज स्युचाटार के–थ्री ६६ केभी प्रसारण लाइन सटडाउन गर्नुपर्ने भएकाले टेकु तथा के–थ्री सबस्टेसनबाट प्रसारण भएको विद्युत अवरुद्ध हुनेछ ।

जसअन्तर्गत रत्नपार्क, कुलेश्वर, पुल्चोक र लगनखेल वितरण केन्द्रअन्तर्गत पर्ने फिडरहरुमा बिहान १० देखि बेलुका ६ः३० बजेसम्म विद्युत आपूर्ति अवरुद्ध हुने प्राधिकरणले सूचनामार्फत जनाएको छ ।

लप्सिफेँदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाद्वारा विद्यमान टेकु सबस्टेसन स्तरोन्नती गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्नेगरी काम भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै