रास्वपा सभापति लामिछाने र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता – Nepalboli

रास्वपा सभापति लामिछाने र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

   १५ भाद्र २०८०, शुक्रबार  

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा सभापति लामिछाने र राजदूत श्रीवास्तवबीच भेटघाट भएको रास्वपाले जनाएको छ।

भेटघाटको क्रममा रास्वपाको मुख्य एजेण्डा सुशासन, सामाजिक न्याय र आर्थिक विकास रहेको र नेपालको समृद्धिका लागि नेपाल भारत सम्बन्धलाई थप बलियो बनाउनका साथै आपसी चासोका मुद्दाहरूलाई संवादमार्फत् हल गर्दै जानु पर्ने विषय सभापति लामिछानेले राखेको रास्वपाले जनाएको छ।

भेटवार्तामा रास्वपाका महामन्त्री डा मुकुल ढकाल, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल र सांसद मनिष झा लगायत पनि थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै