रास्वपाले शनिवार र आइतवार मधेस प्रदेशमा प्रशिक्षण गर्दै – Nepalboli

रास्वपाले शनिवार र आइतवार मधेस प्रदेशमा प्रशिक्षण गर्दै

   १५ भाद्र २०८०, शुक्रबार  

राष्ट्रिय स्वतन्त्र पार्टीले भदौ १६ र १७ गते (भोली शनिवार र आइतवार ) मधेस प्रदेशस्तरीय प्रशिक्षण आयोजना गर्ने भएको छ। पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी, नीति–सिद्धान्त र दृष्टिकोणमा आधारित रहेर प्रशिक्षण आयोजना गर्न लागिएको राष्ट्रिय स्वतन्त्र पार्टीले जानकारी दिएको छ।

‘हामीले विभिन्न प्रदेशमा प्रशिक्षण चलाइरहेका छौं। त्यही अन्तर्गत मधेसमा प्रशिक्षण भेलाको आयोजना गर्न लागेका हौं,’ पार्टीका उपसभापति डिपी अर्यालले जानकारी दिए।

पार्टी सभापति रवि लामिछाने, प्रशिक्षण विभाग प्रमुख अनील केशरी शाहलगायतले प्रशिक्षण दिने कार्यसूची रहेको रास्वपाले जानकारी दिएको छ।

त्यस्तै भदौ २२ र २३ गते बागमती प्रदेशमा प्रशिक्षण सञ्चालन गरिने उपसभापति अर्यालले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै