चीनले जारी गरेको नयाँ नक्साको विरोधमा नेविसंघद्धारा चिनियाँ दूतावास अगाडी प्रर्दशन – Nepalboli

चीनले जारी गरेको नयाँ नक्साको विरोधमा नेविसंघद्धारा चिनियाँ दूतावास अगाडी प्रर्दशन

   २०८० भाद्र १४, बिहीबार  

नेपाल विद्यार्थी संघ (नेविसंघ) ले चिनियाँ दूतावासमा प्रदर्शन गरेको छ । चीनले सोमबार जारी गरेको नयाँ नक्सामा नेपालको नक्साको चुच्चे भाग हटाएको भन्दै नेविसंघ विरोध प्रदर्शन गरेको हो ।

नेपालले २०७७ सालमा जारी गरेको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटिएको थियो । तर चीनले आफ्नो नयाँ नक्सामा उक्त भूभाग समेटेको छैन ।

नेविसंघले नक्सा विवाद समाधान गर्न काठमाडौंस्थित चिनियाँ दूतावासलाई कूटनैतिक नोट उपलब्ध गराएको थियो । कूटनैतिक नोटको जवाफ नपाएपछि नेविसंघले नक्सा संशोधन गर्न दबाब दिन दूतावास अगाडि प्रदर्शन गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै