भारत सरकारद्धारा अगस्त-२३ लाई राष्ट्रिय अन्तरिक्ष दिवस मनाउने निर्णय
चंद्रयान -३ मिशन को सफलताको सम्मानमा भारत सरकारले हरेक बर्ष अगस्त २३ मा ‘नेशनल स्पेस डे’ मनाउने निर्णय गरेको छ । मंगलवार बसेको भारत सरकारको मन्त्रीपरिषद बैठकले चंद्रयान-३ सफलताको खुशीमा व्यक्त गर्दै यो उपलब्धीको सम्मानमा हरेक बर्ष राष्ट्रिय अन्तरिक्ष दिवस मनाउने निर्णय गरेको छ । मन्त्रीपरिषदको बैठक पछि केंद्रीय मंत्री अनुराग ठाकुरले पत्रकार सम्मेलन मार्फत चंद्रयान-३ मिशन को लागी काम गर्नै सम्पुर्ण वैज्ञानिकहरुलाई समेत ऐतिहासिक सफलताको लागी सरकारको तर्फवाट औपचारिक धन्यवाद व्यक्त गरेका छन । उनले कैबिनेट चंद्रयान र इसरोका वैज्ञानिकहरुलाइ सम्मान समेत व्यक्त गरेको बताए ।
गएको २३ तारिखमा भारतको इसरो नाम वैज्ञानिकहरुको संस्थाले पठाएको चन्द्रयान – ३ चन्द्रको दक्षिण भेगमा सफलतापुर्वक अवतरण गरेका थिए । यो वैज्ञानिक समुहमा महिला वैज्ञानिकहरुको समेत उल्लेख्य भुमिका रहेको भन्द्यै भारतको केन्द्र सरकारले उनीहरु प्रति समेत उच्च सम्मान प्रगट गरेका छन ।
भारत सरकारले चंद्रयान – ३ ले अगस्त २३ मा प्राप्त गरेको सफलतालाई सदैव यादगार गर्न वैज्ञानिकहरुको खोज प्रति सम्मान व्यक्त गर्न हरेक बर्ष राष्ट्रिय अन्तरिक्ष दिवस मनाउने निर्णय गरेको पनि जनाएको छ ।