सुन तस्करी प्रकरणमा कृष्णबहादुर महराका पुत्र राहुल महरा प्रकाउ

सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका पुत्र राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नियन्त्रणामा लिएको छ।
उनलाई बुधबार दिउँसो नियन्त्रणमा लिइएको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिए।
‘हामीले उहाँलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएका छौं,’ एसपी अधिकारीले भने।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जफत गरेको इलेक्ट्रिक सिगरेट (भेप) साटेर सुन बेचबिखन गर्ने समूहसँग महराको साँठगाँठ रहेको आरोप लागेको थियो।