एमसीसीलाई लिएर समाजवादी मोर्चा भित्र विवाद, स्थगित गरियो आजको धनगढीको सभा
एमसीसीलाई लिएर समाजवादी मोर्चा भित्र विवाद देखिए पछि आजका लागी सुदुरपश्चिम स्तरीय धनगढीको घोषणा सभा स्थगीत गरिएको छ । समाजवादी मोर्चाले अन्तिम समयमा धनगढीको सभा स्थगित गरेको छ। समाजवादी मोर्चाले बुधबार दिउँसो १ बजे सुदूरपश्चिमको धनगढीमा सभा राखेको थियो।
तर बधवार विहानै प्रधानमन्त्री निवास वालुुवाटारमा बसेको मोर्चाका शिर्ष नेताहरुको बैठकमा एमसीसी लाई विवाद देखिए पछि मोर्चाको सभा नै स्थगीत हुन पुुगेको छ ।
समाजवादी मोर्चाले सातै प्रदेशमा सभा गर्दै छ। भदौ ८ गते वीरगञ्जमा र मंगलबार लुम्बिनी प्रदेशको बुटवलमा सभा आयोजना गरेको थियो।
आजबाट कार्यान्वयन सुरू हुने एमसिसी परियोजनाको विपक्षमा रहेको समावादस् मोर्चाका एक घटक नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गाउँ केन्द्रित विरोध गरिरहेको छ।
बुधबार बिहानै बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठकमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरुले एमसीसी कार्यन्वयन घोषणाका विषयमा असन्तुष्टि व्यक्त गरेका थिए । विप्लवले १२ बुँदे व्याख्यात्मक टिप्पणीबारे अमेरिकाको लिखित धारणा नआएसम्म कार्यान्वयन नगर्न आग्रह गरेका थिए । तर प्रधानमन्त्री प्रचण्डले एमसीसी कार्यन्वयनको चरणमा नै प्रवेश गरिसकेकाले अहिलेलाई केही गर्न नसक्ने जवाफ दिएका थिए ।