एमालेको सचिवालय बैठक आज सिराहाको विष्णुपुरकट्टीमा बस्दै – Nepalboli

एमालेको सचिवालय बैठक आज सिराहाको विष्णुपुरकट्टीमा बस्दै

   १३ भाद्र २०८०, बुधबार  

नेकपा (एमाले) को २५ औं सचिवालय बैठक आज सिराहाको विष्णुपुरकट्टीमा बस्दै छ। एमालेले चौथो राष्ट्रिय महाधिवेशन आयोजना गरेको स्थल सिराहाको विष्णुपुरकट्टीमा सचिवालय बैठक राख्न लागेको हो। विष्णुपुरकट्टीको सर्रे अम्बासमा बिहान ११ बजेबाट बैठक सुरू हुने एमालेले बताएको छ।

धनगढीमाई नगरपालिका–१४ मा विष्णुपुरकट्टीमा सचिवालयको संक्षिप्त बैठक बस्ने र हिरक स्तम्भवको शिलान्यास गर्ने कार्यसूची रहेको सचिव योगेश भट्टराईले जानकारी दिए।

अम्बासमा रहेको १४ कट्ठा जमिन पार्टीको नाममा खरिद गरेर संरक्षणको तयारी भइरहेको सचिव योगेश भट्टराईले जानकारी दिए। विष्णुपुरकट्टीमै रहेको विद्यालयलाई मदन भण्डारीको नामबाट नामकरण गरी १८ कट्ठा जमिन पनि त्यही विद्यालयको नाममा बनाउने तयारी रहेको भट्टराईले जानकारी दिए।

एमालेले तत्कालीन मालेको चौथो महाधिवेशन त्याहा सम्पन्न गर्न सहयोग पु¥याउने स्थानीयहरूलाई सम्मान गर्ने तयारी गरेको छ।

सचिवालय बैठकका लागि एमालेका पदाधिकारी, लेखा, अनुशासन र निर्वाचन आयोग प्रमुखहरू सिराहा पुगिसकेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै