आरती र गृह मन्त्रालयबीच दुई बुँदे सहमति पछि असारदेखिको अनसन तोडियो – Nepalboli

आरती र गृह मन्त्रालयबीच दुई बुँदे सहमति पछि असारदेखिको अनसन तोडियो

   १२ भाद्र २०८०, मंगलवार  

वैवाहिक बलात्कार र बलात्कार मुद्दामा जिउज्यानको सुरक्षाको माग गर्दै अनसनरत बाँकेकी आरती रावल (गिरी) र गृह मन्त्रालयबीच दुई बुँदे सहमति भएको छ । मंगलबार मन्त्रालय र गिरीबीच सहमति भएपछि असार १० गतेदेखि अनसनमा बसेकी गिरीले अनसन तोडेकी छन् । सहमतिअनुसार अब शान्ति सुरक्षाका लागि गृह मन्त्रालयले मातहत निकायलाई आवश्यक निर्देशन दिने भनिएको छ ।

यस्तै सहमतिको दोस्रो बुँदामा रावलले १० असार २०८० देखि गरेको अनशन अन्त्य गर्ने भनिएको छ । सहमति पत्रमा आरती र गृह मन्त्रालयको तर्फबाट उपसचिव कुल बहादुर जिसीले हस्ताक्षर गरेका छन्।

श्रीमान्‌विरुद्ध वैवाहिक बलात्कार मुद्दा दायर गरेकी गिरीको मुद्दा अदालतमा विचाराधिन छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै