नेपाल ऐनको संशोधन मार्फत जघन्य अपराधीलाई जोगाउने प्रपन्च भएको भन्दै त्यो स्वीकार्य हुदैन – गगन थापा – Nepalboli

नेपाल ऐनको संशोधन मार्फत जघन्य अपराधीलाई जोगाउने प्रपन्च भएको भन्दै त्यो स्वीकार्य हुदैन – गगन थापा

   २०८० भाद्र १२, मंगलवार  

प्रतिनिधीसभा बैठकमा नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथिको सामान्य छलफलमा भाग लिँदै काग्रेस महामन्त्री गगन थापाले यो विधेयकमार्फत जघन्य अपराधीलाई जोगाउने प्रावधान ल्याइएको भन्दै त्यसको विरोध गरेका हुन् । थापाले राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण नेपाली कांग्रेसलाई स्वीकार्य नभएको बताएका छन् ।

यो विधेयकको भारी नबोक्न कानुनमन्त्रीलाई थापाले आग्रहसमेत गरेका थिए । यो विधेयकको भारी बिसाउन र हटाउन कानुनमन्त्री धनराज गुरुङलाई उनले आग्रह गरेका थिए । बहुमतको आधारमा सरकारले संसदलाई हेप्ने गरेको भन्दै आफूहरु हेपिने कि नहेपिने यसपटक देखाउनुपर्ने नेता थापाको भनाइ थियो ।

‘यो विधेयकमा मुलुकी फौजदारी संहिताको संशोधनमार्फत जघन्य अपराधमा जोगाउने गरी जुन प्रावधान ल्याइएको छ, नेपाली कांग्रेसको तर्फबाट म प्रष्ट भन्न चाहन्छु, राजनीतिक अपराधिकरण र अपराधको राजनीतिकरणको व्यवस्था हामीलाई स्वीकार्य छैन । माननीय कानुनमन्त्रीलाई मेरो आग्रह पनि छ, २०७४ पछि बनेको सरकारले लेखेको ड्राफ्ट हो यो । यसको भारी नबोक्नुस् । यसलाई बिसाउनुस् । यसलाई हटाउनुस् ।’

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै