आँखा पाक्ने रोग नियन्त्रण गर्न देशभरका अस्पतालमा अभियान सञ्चालन – Nepalboli

आँखा पाक्ने रोग नियन्त्रण गर्न देशभरका अस्पतालमा अभियान सञ्चालन

   १२ भाद्र २०८०, मंगलवार  

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आँखा पाक्ने रोगको नियन्त्रण गर्न देशभरका अस्पतालबाट अभियान सञ्चालन गरिएको बताउनुभएको छ ।

मङ्गलबार प्रतिनिधिसभा बैठकमा सांसदहरुसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसद आस्मा चौधरीको प्रश्नको जवाफ दिनुहुँदै प्रधानमन्त्रीले आँखा पाक्ने रोगको नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयले देशभरका अस्पतालहरुबाट अभियान सञ्चालन गरिरहेको बताउनुभएको हो ।

उहाँले समुदायस्तरमा जनचेतना वृद्धि गर्न प्रचारप्रसारका कार्यका साथै सङ्क्रमितहरूलाई सहज रूपमा औषधि उपचारको व्यवस्था मिलाइएको जानकारी दिनुभयो । यसैगरी, स्वास्थ्य सेवा विभागका महानिर्देशकको अध्यक्षतामा सङ्घीय द्रुत प्रतिकार्य समितिको गठन गरी रोकथाम र प्रबन्धनका विभिन्न कार्यहरू भइरहेको पनि जानकारी दिनुभयो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै