परियोजना कार्यान्वयनको घोषणा गर्न एमसीसीका उपाध्यक्ष नेपाल आउँदै – Nepalboli

परियोजना कार्यान्वयनको घोषणा गर्न एमसीसीका उपाध्यक्ष नेपाल आउँदै

   १२ भाद्र २०८०, मंगलवार  

भोली बुधवार देखि नेपालमा कार्यान्वयनमा आउन लागेको एमसीसीका परियोजनाहरुको उद्धघाटन गर्न एमसीसीका उपाध्यक्ष क्यामरन एस अलफोर्ड तीन दिने भ्रमणका लागी आज नेपाल आउदैछन । एमसीसीको कम्प्याक्ट अपरेसन विभाग प्रमुख उनी भदौ १३ गते अर्थ मन्त्रालयमा एमसीसी कार्यान्वयनको औपचारिक कार्यक्रममा सहभागी हुन कतार हुँदै आज बेलुकी काठमाडौं आइपुग्ने कार्यक्रम छ।

क्यामरनले नेपालमा रहँदा प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख राजनीतिक दलका नेताहरुलाई भेटघाट गर्ने कार्यक्रम छ। उनी भदौ १५ मा कतार हुँदै अमेरिका फर्कने छन्। एमसीए नेपालका मिडिया संयोजक पुष्कर माथेमाले सेप्टेम्बर ३० मा अर्थ मन्त्रालयमा एक औपचारिक कार्यक्रम मार्फत एमसीसी कार्यान्वयनमा जाने जानकारी दिए।

‘कार्यान्वयनमा जाने हस्ताक्षर समारोह भव्य र ठूलो बनाउने कार्यक्रम छैन। तर औपचारिक रुपमा कार्यक्रम गरेर कार्यान्वयनको चरणमा एमसीसी प्रवेश गरेको घोषणा भने गरिनेछ,’ उनले भने। एमसीसी कार्यान्वयनको घोषणा अर्थ मन्त्रालयमा नेपाल र अमेरिकी अधिकारीहरुबीच ‘लेटर अफ एक्सचेन्च’ मार्फत गर्ने तयारी छ।

सो समारोहसँगै एमसीसी कार्यावन्यनको पाँच वर्षे अवधि सुरु हुनेछ। यदि सहमतिअनुसार समयमा एमसीसी परियोजना सम्पन्न नभएमा त्यसको सम्पूर्ण खर्च नेपाल सरकारले बेर्होनुपर्नेछ।

एमसीसी सम्झौताअनुसार अमेरिकाले नेपाललाई ५० करोड अमेरिकी डलर अर्थात् करिब ६० अर्ब रुपैयाँ अनुदान दिनेछ। नेपालले पनि एमसीसी परियोजनाको लागि आफ्नो तर्फबाट १३ करोड डलर अर्थात् करिब १७ अर्ब लगानी गर्नुपर्ने सम्झौता छ।

नेपाल र अमेरिकाबीच पाँच वर्षअघि एमसीसी कम्प्याक्टको एमओयूमा हस्ताक्षर भएको थियो। लामो समय विवादमा फसेको एमसीसी नेपाली संसदले अनुमोदन गरेको १८ महिनापछि कार्यान्वयनमा जान लागेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै