कांग्रेस सहमहामन्त्री परियारद्वारा संसदीय सुनुवाइ समितिको सभापति अस्वीकार – Nepalboli

कांग्रेस सहमहामन्त्री परियारद्वारा संसदीय सुनुवाइ समितिको सभापति अस्वीकार

   १२ भाद्र २०८०, मंगलवार  

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले संसदीय सुनुवाइ समितिको सभापति लिन अस्वीकार गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले आफू कुनै पनि समितिको सभापति नभएको बताएका छन्।

कांग्रेसको शेखर–गगन समूहले कांग्रेसको भागमा परेका चारमध्ये दुई समितिको सभापति पाउनुपर्ने माग राखेको थियो। तर सभापति शेरबहादुर देउवाले तीनवटा सभापतिको नेतृत्व आफ्नो पक्षबाट बनाए।

संघीय संसद्को संयुक्त सुनुवाइ समितिको सभापतिमा परियारको नाम सार्वजनिक भएको थियो। तर उनले सोमबार साँझ आफू कुनै पनि समितिको सभापति नरहेको जानकारी गराएका छन्।

उनले भनेका छन्, ‘म कुनै पनि समितिको सभापति नभएको जानकारी गराउँदछु। जय नेपाल’

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै