राष्ट्रपतिले गरे तीन जनालाई राजदूतमा नियुक्त – Nepalboli

राष्ट्रपतिले गरे तीन जनालाई राजदूतमा नियुक्त

   २०८० भाद्र ११, सोमबार  

राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई राजदूतमा नियुक्त गरेका छन्। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले सुधिर भट्टराईलाई फ्रान्सका लागि नेपालको आवासीय राजदूतमा, तेजबहादुर क्षेत्रीलाई संयुक्त अरब इमिरेट्सका लागि नेपालको आवासीय राजदूतमा र घनश्याम लम्साललाई कुवेतका लागि राजदूतमा नियुक्त गरेका हुन्।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उनीहरूलाई संविधानको धारा २८२ को उपधारा १ बमोजिम नियुक्त गरिएको उल्लेख छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै