प्रधानमन्त्रीसँग सातै प्रदेशका प्रमुखको बालुवाटारमा सामुहिक भेट
नेपाल बोली
११ भाद्र २०८०, सोमबार
सातै प्रदेशका प्रदेश प्रमुखहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सामुहिक भेटवार्ता गरेका छन् । उनीहरुले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर भेटवार्ता गरेका हुन् ।
ललितपुरको भैंसेपाटीमा प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुको सम्पर्क कार्यालय र आवासीय भवनको आइतबार प्रधानमन्त्रीले उदघाटन गदै साँचो वितरण गरिएको थियो । उक्त कार्यक्रममा सहभागीताका लागि काठमाडौं आएका बेला प्रदेश प्रमुखहरुले प्रधानमन्त्रीसँग सामुहिक भेटवार्ता गरेका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै