गण्डकी प्रदेशको प्रतिनिधीसभा संसदहरु प्रधानमन्त्रीको छलफल
प्रधानमन्त्री वालेन्द्र शाहले गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभाका सदस्यहरूसँग शुक्रबार सामूहिक छलफल गर्नुभएको छ । प्रधानमन्त्रीले विकास निर्माण र समसामयिक राजनीतिक विषयमा विभिन्न प्रदेशका सांसदसँग गर्दै आउनुभएको निरन्तर संवादको क्रममा आज गण्डकी प्रदेशका जनप्रतिनिधिसँग संवाद गर्नुभएको हो ।
प्रधानमन्त्रीका सञ्चार सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार छलफल मुख्यतः गण्डकी प्रदेशको विकास, पूर्वाधारका आयोजना र जनताका तत्कालीन आवश्यकताहरूमा केन्द्रित थियो । प्रधानमन्त्रीले गण्डकी प्रदेशबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ निर्वाचित विभिन्न राजनीतिक दलका सांसदसँग उहाँहरूको निर्वाचन क्षेत्रमा तत्काल कार्यान्वयन गर्न सकिने योजनाका विषयमा सुझाव माग्नुभएको थियो ।
छलफलका क्रममा सहभागी सांसदहरूले आ–आफ्नो क्षेत्रका सडक, खानेपानी, पर्यटन प्रवद्र्धन र अधुरा आयोजनाहरूका बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । उहाँहरूले प्रदेशको राजधानी पोखरालाई अन्य जिल्लासँग जोड्ने सडक सञ्जालको स्तरोन्नति र कृषि क्षेत्रको आधुनिकीकरणका लागि विशेष बजेटको मागसमेत गर्नुभयो ।