सर्लाहीमा किसानले फेरि उखुको अनुदान पाएनन् – Nepalboli

सर्लाहीमा किसानले फेरि उखुको अनुदान पाएनन्

   १० भाद्र २०८०, आईतवार  

चिनी उद्योगीहरुवाट पटक पटक ठपगदै आएका सर्लहीका उखु किसानहरु यो पटक सरकार वाटै ठगिदै छन । विगतमा उद्यागीहरुले उखुको भुक्तानी लामो समय सम्म नदिएको गुनासाहरु सहित किसानहरु काठमाडौ सम्मै आएर लामो लामो आन्दोलन गर्नु परेको थियो । तर यो पटक सर्लाहीका उखु उत्पादक किसानले उखु बेचेको लामो समयसम्म पनि सरकारबाट पाउनुपर्ने अनुदानबापतको रकम नपाएको गुनासो गरेका छन् । उनीहरूले उत्पादन गरेको उखु बेचेको करिब नौ महिना हुँदासमेत सरकारले दिनुपर्ने प्रतिक्विन्टल रु ७० अनुदानबापतको रकम अझैसम्म पनि नपाएको गुनासो गरेका हुन् ।

उखु बिक्री गरेको नौ महिना बितिसक्दा पनि सरकारी अनुदानको रकम नपाउँदा आफूहरु निकै मारमा परेको किसान रामवली महतोले बताउनुभयो । उहाँका अनुसार सरकारले घोषणा गरेको उखुको अनुदानको रकम समयमा भुक्तानी नहुँदा घरखर्च टार्न र खेतीपाती लगाउन मुस्किल भएको छ ।

सरकारले आर्थिक वर्ष २०७९र८० का लागि उखुको समर्थन मूल्य प्रतिक्विन्टल रु छ सय १० निर्धारण गरेको थियो । त्यसमध्ये उद्योगले रु पाँच सय ४० र सरकारले रु। ७० गरी किसानलाई रु छ सय १० भुक्तानी गर्ने सहमति भए पनि हालसम्म पनि सरकारले दिने भनिएको अनुदानबापतको रकम प्रतिक्विन्टल रु ७० नपाइएको अर्का किसान राम उद्गार महतोको भनाइ थियो ।

उहाँका अनुसार उद्योगले जिल्लाका उखु उत्पादक किसानलाई रु पाँच सय ४० भुक्तानी गरिसक्दा पनि सरकारले अनुदानबापतको रकम भुक्तानी गरेको छैन । यता चिनी उद्योगले समयमै उखु बिक्री गरेको तथ्याङ्क सरकारलाई उपलब्ध नगराएकाले भुक्तानी ढिलो भएको र उखु बिक्री गरेको तथ्याङ्क पठाउन उद्योगलाई ताकेता गरिरहेको उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार चिनी उद्योगले उखु बिक्री गरेको तथ्याङ्क कृषि मन्त्रालयलाई पठाएपछि मात्रै अर्थ मन्त्रालयले अनुदानको रकम उखु उत्पादक किसानलाई पठाउने गरेको छ । चिनी उद्योग र सरकारको कमजोरीका कारण जिल्लाका किसानले दुःख पाएका अध्यक्ष मैनालीले बताउनुभयो ।

आफूहरुले सरकारले दिने अनुदानको रकम पठाउन सरकार र उद्योगलाई दबाब दिइरहेको उल्लेख गर्दै उहाँले असोजको पहिलो हप्तासम्म भुक्तानी पाइने अपेक्षा गर्नुभयो ।

सरकारले किसानलाई दिनुपर्ने अनुदान रकम समयमा नदिने र उद्योगले पनि किसानको लगानीअनुसारको मूल्यमा उखु खरिद नगर्ने गरेका कारण जिल्लामा पछिल्लो समय उखुखेतीप्रति किसानको आकर्षण घट्दै गएको स्थानीय जानकार उमा ङ्कर साहले बताउनुभयो । उहाँका अनुसार उखुखेतीभन्दा अन्य बालीबाट राम्रोसँग फाइदा हुने भएकाले पनि जिल्लाका किसानले उखुखेती लगाउन छाड्दै गएका हुन् ।

धान, मकै, गहुँ र तोरीलगायतको उत्पादन खेतबाटै बिक्री हुन्छ । यही मूल्यमा उखुखेती गर्ने हो भने लागत मूल्य पनि उठ्दैन, दुई पैसा पनि फाइदा नहुने भएपछि किन दुःख गर्नुपर्‍यो रु उखुको मूल्य प्रतिक्विन्टल रु आठ सय ५० भन्दामाथि भएमात्र लगानी उठ्ने किसानको भनाइ थियो ।

जिल्लामा सञ्चालन भएका तीन वटा चिनी उद्योगमध्ये हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योगले सबै उखु उत्पादक किसानको रकम भुक्तानी गरिसकेको छ भने महालक्ष्मी सुगर मिल बगदह र अन्नपूर्ण सुगर मिल धनकौलले अझै केही रकम भुक्तानी गर्न बाँकी छ । इन्दुशङ्करले क्रसिङ गर्ने समयमा २८ लाख क्विन्टल उखु खरिद गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै