काँग्रेसद्वारा केन्द्रीय समिति बैठक आह्वान
नेपाली काँग्रेसले आफ्नो केन्द्रीय समिति बैठक आह्वान गरेको छ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक चैत ६ गते शुक्रबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तय गरिएको छ ।
प्रतिनिधीसभा निर्वाचनको नतिजा आए पछि बस्न लागेको काग्रेस केन्द्रिय समिति बैठकमा निर्वाचनको नतिजा समिकक्षा, पार्टीको बिशेष महाधिवेशन पछिको पार्टीको काम कारवाही लगायतको विषयमा छलफल हुन लागेका छन ।