बालेन्द्र शाह प्रधानमन्त्री बन्न लागेको संयुक्त लोकतान्त्रिक मोर्चाद्धारा शुभकामना र बधाई
प्रतिनिधि सभा निर्वाचनको परिणाम सार्वजनिक भएपछि प्रधानमन्त्री बन्न लागेका रास्पा वरिष्ठ नेता बालेन्द्र शाहलाई मधेश केन्द्रित राजनीतिक दलहरुको मोर्चाले शुभकामना तथा बधाई दिएका छन । संयुक्त लोकतान्त्रिक मोर्चाको शुक्रवार बसेको बैठकले मधेश केन्द्रित दलहरुले विगत लामो समय देखि गर्दै आएको संघर्षकै मर्म अनुरुप नै मधेशी मुलको बालेन्द्र शाह देशको प्रधानमन्त्री बन्न लागेको भन्दै उनलाई शुभकामना तथा बधाई मोर्चाले दिएका छन ।
संघीय लोकतान्त्रिक मोर्चाको काठमाडौँको बबरमहलस्थित पुर्वको लोकतान्त्रिक समाजवादी पार्टी को केन्द्रीय कार्यालयमा बसेको बैठकले शाहलाइ प्रधानमन्त्री बन्न लागेको बधाई दिदै विगत दशकौ देखी मधेश केन्द्रित दलहरुले उठाउदै आएको संविधान संशोधन देखि जनसंख्याको आधारमा निर्वाचन क्षेत्र लगायतका मुद्धाहरु सम्बोधन हुने विश्वास पनि लिएका छन ।
बैठकमा जनमत पार्टीका अध्यक्ष सीके राउत, लोसपाका अध्यक्ष महन्थ ठाकुर तथा राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो लगायत नेताहरू सहभागी रहेका थिए । बैठकमा प्रतिनिधि सभा निर्वाचनको परिणामको समीक्षा, पछिल्ला राजनीतिक घटनाक्रम तथा मधेश क्षेत्रको राजनीतिक प्रतिनिधित्वसम्बन्धी समेत छलफल भएको थियो ।
हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा मधेश केन्द्रित कुनै पनि दलले प्रत्यक्षतर्फ एक सिटसमेत जित्न नसकेपछि प्रतिनिधीसभामा उनीहरुको उपस्थिती यो पटक शुन्य भएको छ ।