ललिता निवास जग्गा प्रकरणमा २९० जनाविरुद्ध मुद्दा दर्ता
नेपाल बोली
१० भाद्र २०८०, आईतवार
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । उक्त प्रकरणअन्तर्गत सरकारी किर्तेमा २९० जनालाई प्रतिवादी बनाइ केही बेरअघि मुद्दा दर्ता गरिएको हो।
सरकारी किर्तेमा एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको व्यवस्था छ।
उक्त प्रकरणमा संगठित अपराधमा मुद्दा दिन नमिल्ने देखिएकाले सरकारी किर्तेमा मात्र मुद्दा दर्ता गरिएको बताइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै