संसदीय विषयगत समितिहरुको सभापति निर्वाचनका लागी आज उम्मेदवारी दर्ता हुदै
प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत सभापति चयन गर्न सोमबार हुने निर्वाचनका लागि आज आइतवार उम्मेदवारी दिने कार्यपालिका छ । समितिहरुको सभापतिमा सतारुढ गठबन्धनका नेपाली काग्रेस, माओवादी, एीककत समाजवादी, जसपा, जनमत र प्रमुख प्रतिपक्षी एमाले विचमा बाडफाड गर्ने गरि सहमती भईसकेको छ । यद्यपी राप्रपा र रापाले समेत सभापतिमा दावीहरु गरेका छन ।
विषयगत समितिका तीमध्ये तीन वटाको नेतृत्व नेपाली कांग्रेसले गर्दै छ । कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा, कृषि समितिमा आरजु देउवा र अर्थमा सन्तोष चालिसेलाई पठाउने तयारी गरेको छ ।
विपक्षी एमालेले पाएको दुई समितिमध्ये सार्वजनिक लेखा समितिमा ऋषिकेश पोखरेल र महिला बालबालिकामा समितिमा किरण साहलाई पठाउने तयारी गरेको छ ।
माओवादी केन्द्रले कानुन, न्याय तथा मानव अधिकार समितिमा विमला सुवेदी र पूर्वाधार विकास समितिमा माधव सापकोटालाई पठाउने तयारी गरेको छ । सत्ता गठबन्धनका अन्य दलहरु एकीकृत समाजवादी, जसपा र जनमतले एक(एक समितिको सभापति पाउने छन् । जसपाले अन्तर्राष्ट्रिय समितिमा राजकिशोर यादवलाई पठाउँदा शिक्षा समितिको नेतृत्व पाउने एकीकृत समाजवादीले भानुभक्त जोशीलाई पठाउने भएको छ ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा जनमत पार्टीले अब्दुल खानलाई पठाउने तयारी गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सभापतिमा उम्मेदवारी दिने भनेको छ । तर उसको उद्योग समितिमा मात्रै समर्थक र प्रस्तावक पुग्ने भएकाले अन्यमा उम्मेदवारी दिने या नदिने टुंगो लगाएको छैन ।
यसैगरी संयुक्त समितिमध्ये संसदीय सुनुवाइमा कांग्रेसले ज्ञानेन्द्रबहादुर कार्की वा जीवन परियारमध्ये एक जनालाई र राज्यका निर्देशक सिद्धान्त समितिमा एमालेले विमला घिमिरेलाई पठाउने तयारी गरेको छ ।
यी दुई समितिको सभापति चयन भने विषयगत समितिको नेतृत्व चयनपछि मात्रै हुने छ ।