संसदीय समिति सभापति निर्वाचन तालिका सार्वजनिक – Nepalboli

संसदीय समिति सभापति निर्वाचन तालिका सार्वजनिक

   ८ भाद्र २०८०, शुक्रबार  

प्रतिनिधि सभाले औपचारिक कार्यभार सम्हालेको करिब आठ महिनापछि विषयगत समितिको नेतृत्व चयन प्रक्रिया अघि बढाइएको छ। संसद सचिवालयले आगामी भदौं ११ गते दिउासो ३ बजे समिति सभापति निर्वाचन गर्ने गरि निर्वाचन तालिका आज सार्वजनिक गरेको छ ।

राजनीतिक समझदारीपछि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार सभापति चयनको मिति तोकेका थिए । त्यही आधारमा आज निर्वाचन तालिका सार्वजनिक गरेका हुन् ।

तालिका अनुसार १० गते विहान ११ बजेदेखि ४ बजेसम्म उम्मेदवारले उम्मेदवारीको प्रस्ताव दर्ता गर्ने र ११ गते मतदानको प्रक्रिया हुने उल्लेख छ ।

संसद नियमावलीको नियम १७६ अनुसार कम्तीमा ४८ घण्टाअघि सभाका सचिवले कार्यतालिका सार्वजनिक गर्नुपर्ने व्यवस्था छ। सोही आधारमा आज कार्यतालिका सार्वजनिक भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै