एमाले सचिवालय बैठक स्थगित – Nepalboli

एमाले सचिवालय बैठक स्थगित

   २०८० भाद्र ८, शुक्रबार  

सिराहामा हुने भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । सिराहाको धनगडीमाइ नगरपालिका अम्वासमा भदौ नौ गते तय भएको एमाले केन्द्रीय सचिवालय बैठक बाढी र डुबानका कारण स्थगित गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भिष्म अधिकारीले जानकारी दिए ।

सबै तयारी पुरा भएपनि बैठक स्थल डुबानमा परेकाले अर्को सूचना जारी नभएसम्म भदौ नौका सबै कार्यक्रम स्थगित भएको उनले जानकारी दिए ।

एमालेले २०४६ सालमा भूमिगत रुपमा चौथो महाधिवेशन गरेको उक्त स्थानमा यसपटक सोही दिन पारेर सचिवालय बैठक राखेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै