संसद्मा प्रधानमन्त्रीसँग भदौ १२ गते प्रश्नोत्तर
नेपाल बोली
७ भाद्र २०८०, बिहीबार
प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ १२ गते हुने भएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रम भदौ १२ गतेको बैठकमा हुनेगरी निर्धारण गरेको जानकारी गराएका हुन् ।
यस पटकको प्रश्नोत्तर कार्यक्रममा समूह २ मा रहेका सांसदहरूले प्रश्न सोध्न पाउने सभामुख घिमिरेले बताए । प्रधानमन्त्रीलाई सोध्ने प्रश्न भदौ ८ गते शुक्रबार दिउँसो ३ बजेभित्रमा प्रतिनिधिसभाका सचिवसमक्ष लिखित रूपमा दिन पनि सभामुखले आग्रह गरे ।
त्यसैगरी सभामुखले समिति सभापतिहरूको निर्वाचनका लागि भदौ ११ गते दिउँसो ३ बजेको समय तोकेको पनि जानकारी गराए । प्रतिनिधिसभाको अर्को बैठक भदौ १२ गते मंगलबार बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै