प्रचण्ड र नेपालले समाजमा विद्वेष फैलाउन खोज्दै छन – ओलीको टिप्पणी – Nepalboli

प्रचण्ड र नेपालले समाजमा विद्वेष फैलाउन खोज्दै छन – ओलीको टिप्पणी

   ७ भाद्र २०८०, बिहीबार  

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजमा विद्वेष फैलाउन खोजेको आरोप लगाएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रचण्ड(माधवले जनता जुधाएर विद्वेष फैलाउन खोजेको बताए । “नुवाकोटमा कहिले कहिले गोरु जुधाइन्छ । ती गोरुहरूबीच कुनै द्वन्द्व हुँदैन । बाँधिरहेको ठाउँबाट फुकाएर ल्याएर त्यहाँ जुधाइन्छ । पुष्पकमल दाहालजी र माधवकुमार नेपालजी त्यसै गरिरहनुभएको छ, जनता जुधाइरहेका छन्,” उनले भने ।

उनले प्रचण्ड माधवले प्रदेशको नाममा आफ्ना कार्यकर्ताहरूलाई उफारेको बताए । “कहिले प्रदेशका नाममा, कहिले केका नाममा जनता उफार्‍याएछ । को भन्दाखेरि राईहरू, किरातीहरू, लिम्बूहरू छन् । त्यहाँ राईले राई, लिम्बूले लिम्बू हानिरहेका छन् । कसले हनायो भन्दाखेरि ती नै प्रचण्ड, माधवहरूले । अनि हेर्नुस् त साम्प्रदायिक विद्वेष भत्काउन खोजेको,” उनले भने ।

यस्तै उनले धरानमा गोरु काटिएको भनिएकोप्रति कटाक्ष गरे । “धरानमा गोरु काटेर सामाजिक एकता भड्काउन खोजियो । जसले गाईलाई गौमाता भन्छन्, उनीहरूलाई भड्काउनका लागि त्यहाँ त्यसो गरियो,” उनले भने, “समाजमा सेन्टिमेन्ट पनि हुन्छ । त्यो पनि हेर्नुपर्छ ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै