पुर्व केन्द्रिय सदस्यको निधन पछि कांग्रेसको आकस्मिक बैठक, शुक्रबार पार्टी कार्यालय बन्द गर्ने निर्णय – Nepalboli

पुर्व केन्द्रिय सदस्यको निधन पछि कांग्रेसको आकस्मिक बैठक, शुक्रबार पार्टी कार्यालय बन्द गर्ने निर्णय

   ७ भाद्र २०८०, बिहीबार  

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बसेको छ । बिहीबार बिहान पार्टी केन्द्रीय कार्यालयमा बसेको कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठकले पार्टीका पुर्व केन्द्रिय सदस्य डा राजाराम कार्कीको निधनमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारितको निर्णय गरेको छ ।

कांग्रेस कार्कीको सम्मानका लागि भदौ ७ र ८ गते दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने निर्णय गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

साथै ८ गते शुक्रबार केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरु बन्द गर्ने, स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र १३ औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने बैठकले निर्णय गरेको उनले जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै