एक महिना पछि अवरुद्ध संसद् बैठक सुचारु
नेपाल बोली
६ भाद्र २०८०, बुधबार
सुनकाण्डको छानबिनको माग गर्दै गत साउन १० देखि अवरुद्ध हुँदै आएको संसद् बुधबारबाट सञ्चालन भएको छ । छानबिनका लागि आयोग गठन गर्ने दलहरुबीच सहमति भएपछि बैठक चलेको हो । एमालेले छानबिन आयोग बनाउने माग गरेर सदन अवरोध गर्दै आएको थियो ।
प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रतिनिधिसभालाई सुनकाण्ड छानबिनका लागि उच्चस्तरीय आयोज बनाउने दलीय सहमतिको जानकारी गराएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै