प्रधानमन्त्री प्रचण्डको अमेरिका भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका भ्रमण स्वीकृत गरेको छ । संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड अमेरिका भ्रमणमा जान लागेका हुन्।
राष्ट्रसंघको ७८औं महासभा आगामी सेप्टेम्बर ५ तारिखदेखि अमेरिकाको न्यूयोर्कमा सुरु हुँदैछ। प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा भाग लिनेछन् ।बुधबार बसेको मन्त्रीपरिषदको बैठकले प्रचण्डको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री आगामी भदौ ३० गते अमेरिका जाने भएका हुन्।
भदौ ३० अर्थात सेप्टेम्बर १६ तारिखमा अमेरिका गएर असोज ४ गते प्रधानमन्त्री राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्ने छन्। त्यसपछि उनी असोज ५ गते बेलुका न्यूयोर्कबाट चीनका लागि उड्ने तालिका छ। असोज ६ र ७ गते त्यहाँ उच्च राजनीतिक भेटघाट हुनेछ।