नारायणगढ मुग्लिन सडक १७ घण्टापछि सञ्चालनमा – Nepalboli

नारायणगढ मुग्लिन सडक १७ घण्टापछि सञ्चालनमा

   ५ भाद्र २०८०, मंगलवार  

पहिरोले अवरुद्ध भएको मुग्लिन नारायणगढ सडक १७ घण्टापछि सञ्चालनमा आएको छ। सोमबार राति ८ बजेतिर नाम्सी पुल नजिकै खसेको पहिरो पन्छ्याएर मंगलबार दिउँसो १ बजेदेखि यातायात सञ्चालनमा आएको हो। पहिरो हटाएसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।

पहिरो पन्छ्याएर चार वटा डोजर सोमबार रातिदेखि लगातार प्रयोग भएको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले जानकारी दिनुभयो।

पहिरोले राजमार्ग अवरुद्ध भएपछि पूर्वबाट आएका सवारी साधन भरतपुरमा र पश्चिमबाट आएका गैँडाकोटमा रोकिएका थिए। यस वर्षको वर्षातमा नारायणगढ सडकखण्ड सयौँ पटक अवरुद्ध भइसकेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै