विद्यालयका अध्यक्ष र प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा – Nepalboli

विद्यालयका अध्यक्ष र प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा

   २०८० भाद्र ५, मंगलवार  

काठमाडौको कागेश्वरी मनोहरा, नगरपालिका वडा नं १ स्थित श्री सिद्धि गणेश माध्यमिक विद्यालय, व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थापा र प्रधानाध्यापक बुद्धि विलास धितालविरुद्ध भ्रष्टाचार गरेको अभियोग लागेको छ ।

शिक्षक छनौट प्रक्रियामा पेस गरेको सक्कल कागजात फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस लिएको आरोपमा थापा र धितालविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार थापा र धितालले १६ हजार रुपियाँ घुस लिएको आरोपमा मुद्दा दायर गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै