राष्ट्रपतिको आब्हानमा समसमायीक राजनिती वारेमा छलफल गर्न सर्वदलीय बैठक बस्यो – Nepalboli

राष्ट्रपतिको आब्हानमा समसमायीक राजनिती वारेमा छलफल गर्न सर्वदलीय बैठक बस्यो

   २०८० भाद्र ५, मंगलवार  

बैठकमा एमाले अनुपस्थित

राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा मंगलबार बिहान सर्वदलीय बैठक बसेको छ । आजको संसद् बैठक अगाडि उनले शीर्ष दलका नेताहरूलाई शीतल निवासमा डाकेका थिए ।बैठकका क्रममा राष्ट्रपति पौडेलसमक्ष संसद्‌को अवरोध खोल्नेदेखि देशको आर्थिक स्थितिलगायतका समसामयिक विषयमा नेताहरूले आफ्नो धारणा राखेका छन् । विमानस्थलबाट भित्रिएको तस्करीको सुनबारे छानबिन गर्न उच्चस्तरीय समितिको माग गर्दै नेकपा एमालेले साउन १० देखि निरन्तर संसद् अवरोध गरेपछि राष्ट्रपतिले त्यसप्रति चासो देखाएका हुन् । बैठकमा एमालेका नेताहरु भने अनुपस्थित थिए ।

बैठकमा राष्ट्रपतिले आफूलाई नेपालको संविधान र प्रणालीप्रति नै खेलबाड हुन खोजेको हो कि भन्ने आभास हुन थालेको धारणा व्यक्त गरेका छन् । अहिले आएर कता कता हाम्रो संविधान र प्रणालीप्रति नै खेलबाड हुन खोजेको हो कि भन्ने आभास हुन थालेको छ, नेताहरूसँग पौडेलले भने, यसले गर्दा शक्तिपृथकीकरण र शक्ति सन्तुलनको संवैधानिक मर्म र भावनाअनुसार हामी हिँड्न सकेका छौं कि छैनौं भनेर पनि सोच्नुपर्ने बेला भएको छ भन्ने मलाई लाग्छ ।

बैठकमा राष्ट्रपतिले जनताका यावत् समस्याहरूको समाधान गर्ने सार्वभौम थलो संसद् लामो समयदेखि अवरुद्ध हुँदा जनताका आवाज मुखरित हुने काम बन्द हुन्छ भन्ने सर्वत्र चिन्ता प्रकट भइरहेका बेला सबै दलहरुको आपसी संवाद र प्रयत्नले सहमतिको नजिक पुगेको भन्ने खबरबाट सन्तोष मिलेको उनले बताए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै