नेकपा एसको केन्द्रीय कमिटी बैठक सुरू
नेपाल बोली
५ भाद्र २०८०, मंगलवार
नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरू भएको छ । बालकुमारीस्थित कान्तिपुर गार्डेन ब्याङ्क्वेटमा मंगलबारदेखि बसेको बैठकमा पार्टीको वैचारिक, सांगठनिक महत्त्व, संसद् र सरकार सञ्चालनलगायत विषयमा छलफल भइरहेको छ ।
बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन तथा महासचिव घनश्याम भुसालले सांगठनिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ । बैठकको सुरूमै अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गरेका छन् । त्यसपछि केन्द्रीय सदस्यहरूले धारणा राख्ने कार्यसूची छ ।
पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकले पार्टीको वैचारिक दृष्टिकोण, पार्टीको संरचना र सामर्थ्य विस्तारका लागि आवश्यक रणनीति निर्माण, संगठन विस्तारको कार्ययोजना निर्माण र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा धारणा तयार गर्ने जानकारी दिए ।
बैठक बिहीबारसम्म चल्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै