प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई नियुक्त गरेका छन् । संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस गरिएका सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश श्रेष्ठलाई संसदीय सुनुवाइ समितिको सोमबारको बैठकले सर्वसम्मत अनुमोदित गरेपछि राष्ट्रपति पौडेलले नियुक्त गरेका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् । ुराष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई नेपालको प्रधानन्यायाधीश पदमा नियुक्त गर्नुभएको छ,ु प्रवक्ता भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रधानन्यायाधीश श्रेष्ठको शपथ मंगलबार तय भएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रधानन्यायाधीशको शपथ दिउँसो १ बजेर ४५ मिनेटमा हुने भएको छ ।
श्रेष्ठले १४ महिना सर्वोच्च अदालतको नेतृत्व गर्नेछन् । ०१६ असोज २० मा डोटीको सिलगढीमा जन्मेका श्रेष्ठ ०३८ सालमा शाखा अधिकृतका रूपमा न्याय सेवामा प्रवेश गरेका थिए ।
उनले ०८१ असोज २० मा ६५ वर्षे उमेरहदका कारण अवकाश पाउने छन् ।