भदौ ९ गते एमालेको सचिवालय बैठक सिराहाको विष्णुपुरकट्टीमा बस्दै – Nepalboli

भदौ ९ गते एमालेको सचिवालय बैठक सिराहाको विष्णुपुरकट्टीमा बस्दै

   ४ भाद्र २०८०, सोमबार  

नेकपा एमालेले सिराहाको विष्णुपुरकट्टीमा भदौ ९ गते सचिवालय बैठक राखेका छन । पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार तत्कालीन नेकपा (माले) द्वारा आयोजित नेकपाको चौथो महाधिवेशन आरम्भ भएको ३४ वर्षपछि त्यही स्थानमा एमाले सचिवालय बैठक बस्दैछ।

२०४६ भदौ ९ गतेदेखि १४ गतेसम्म पाँच दिनसम्म चौथो महाधिवेशन भएको थियो। उक्त झलनाथ खनाललाई बिदा गरी मदनकुमार भण्डारीलाई नयाँ महासचिव चयन गरेको थियो। त्यसअघि ०३९ सालमा मालेको महासचिवमा सीपी मैनालीलाई बिदा गर्दै खनाल चयन भएका थिए।

‘नेकपा (माले) द्वारा आयोजित नेकपाको चौथो महाधिवेशन आरम्भ भएको ठीक ३४ वर्षपछि त्यसै दिन, त्यही हलमा नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक बस्ने तयारी हुँदैछ,’ ज्ञवालीले भनेका छन्।

इतिहास र वर्तमानलाई जोड्ने तथा विरासतलाई अझ सुदृढ गर्नेगरी पार्टीले यो प्रयास गरेको पनि उनले बताएका छन्।

आगामी भदौ ९ गते उक्त स्थानमा पुगेर सचिवालय बैठक बस्न लागिएको हो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै