राप्रपा पदाधिकारी बैठकद्धारा भ्रष्टाचारविरूद्ध तल्लो कमिटीलाई परिचालन गर्ने निर्णय
सोमवार बसेको राप्रपाको पदाधिकारी बैठकले ३ वटा निर्णय गरेको छ। सोमबार बसेको बैठकले ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र सुन प्रकरणजस्ता भ्रष्टाचारका विषयलाई जनस्तरसम्मै लैजाने र भ्रष्टाचारविरूद्ध तल्लो कमिटीलाई परिचालन गर्ने निर्णय गरेको छ।
अध्यक्ष राजेन्द्र लिङ्देन विदेश जाने कार्यक्रमबारे पनि बैठकलाई जानकारी दिइएको थियो।
प्रवासी नेपाल एकता समाज युएई र साउदी अरबको अधिवेशन उदघाटनलगायतका लागि अध्यक्ष लिङ्देन मंगलबार त्यसतर्फ जाने कार्यक्रम छ।
बैठकले मंगलबारदेखि कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष बुद्धिमान तामाङलाई दिने निर्णयसमेत गरेको छ। भूगोल केन्द्रीत जिम्मेवारीमा खटाइएका केन्द्रीय नेताहरूको प्रारम्भिक प्रतिवेदन र हालसम्मको सांगठनिक अवस्थाको बैठकमा समीक्षासमेत भएको प्रवक्ता मोहन श्रेष्ठले बताए।
भूगोल केन्द्रीत कार्यक्रमले पार्टीमा उत्साह थपेको र सबै तह चलायमान भएको बैठकले निष्कर्ष निकालेको उनले बताए।