प्रधानमन्त्री र सभामुखले बोलाएको बैठक बिना निष्कर्ष समाप्त, प्रतिनिधीसभा बैठक मंगलबारसम्मका लागी स्थगित – Nepalboli

प्रधानमन्त्री र सभामुखले बोलाएको बैठक बिना निष्कर्ष समाप्त, प्रतिनिधीसभा बैठक मंगलबारसम्मका लागी स्थगित

   ३ भाद्र २०८०, आईतवार  

प्रतिनिधि सभा बैठक फेरि स्थगित भएको छ। आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी मंगलबारसम्मका लागि स्थगित भएको हो।अर्को बैठक मंगलबार दिउँसो ३ बजेका लागि बोलाइएको संसद सचिवालयले जानकारी दिएको छ।

संसदको अवरोध हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार सर्वदलीय बैठक गरेका थिए। प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको आजको बैठकमा कुनै निष्कर्ष ननिस्किएपछि भोलि फेरि बस्ने गरी सकिएको छ।

‘भोलि ४ बजे फेरि बस्ने गरी बैठक सकिएको छ,’ बैठकमा सहभागी नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले भने,‘आज सबै विषयमा बृहत छलफल भयो। तर कुनै निष्कर्षमा पुगिएन।’ विमानस्थलबाहिर बरामद भएको ६० किलो बढी सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गर्दै प्रमुख प्रतिपक्षी एमालेले साउन १० यता निरन्तर संसद अवरोध गरिरहेको छ।

यता सभामुख देवराज घिमिरेले पनि दलहरुका प्रमुख सचेतकको बोलाएको बैठक विना कुुनै निष्कर्ष सकिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै