प्रतिनिधीसभाको बैठक आज बस्दै, बैठक अघि सभामुखले ठुला दलका सचेतकहरु सँग छलफल गर्दै – Nepalboli

प्रतिनिधीसभाको बैठक आज बस्दै, बैठक अघि सभामुखले ठुला दलका सचेतकहरु सँग छलफल गर्दै

   ३ भाद्र २०८०, आईतवार  

प्रतिनिधीस्भाको बैठक आज एक बजे बस्ने कायसुचि छ । पछिल्लो समयमा लागातार एमालेको अवरुद्धका कारण संसद बैठक बस्न नसकिरहेको वेला आजका लागी पुुुन बैठक बोलाईएको छ । बैठक सुचारु होस भन्ने ध्येयसहित सभामुख देवराज घिमिरेले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने लागेका छन ।

उहाँले आज बिहान ११ बजे सिंहदरवारस्थित सभामुख कार्यकक्षमा सचेतकहरुलाई छलफलका लागि बोलाउनुभएको सभामुखको सचिवालयले जनाएको छ ।

छलफलमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) विपक्षी दलबाट नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुनेछन् ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै