प्रधानमन्त्री–सभामुख विच आज छलफल – Nepalboli

प्रधानमन्त्री–सभामुख विच आज छलफल

   १ भाद्र २०८०, शुक्रबार  

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले भेट गर्नुभएको छ । सदन अवरोध लामो समयदेखि हुँदै आएपछि सदन खुलाउने विषयमा उहाँले प्रधानमन्त्रीसँग छलफल गर्नुभएको सभामुखको सचिवालयले जनाएको छ । प्रधानमन्त्री–सभामुख भेट यो पाँचौँ पटक हो । बिहान ९ बजेदेखि सुरु भएको छलफल १०ः३० बजे सकिएको छ ।

भेटमा सभामुखले भन्नुभयो, सदन नचल्नु राम्रो भएन । माननीयहरूले बोल्न समय माग्नुभएको छ । प्राकृतिक विपत्तिलगायतका धेरै विषयमा माननीयहरूले बोल्न पाइनँ भन्नुहुन्छ । दलीय सहमतिबिना सदन अगाडि बढ्न सक्ने स्थिति छैन । आम जनताले पनि सदन अवरोधलाई राम्रो मानेका छैनन् । कम्तीमा सदन खुलाउन सत्तापक्ष र प्रतिपक्षले गम्भीरतापूर्वक छलफल गरिदिनुहोस् ।

सभामुखले समितिको नेतृत्व चयन हुन नसकेको समेत जानकारी गराउनुहुँदै संसदमा कानुन निर्माण भएनन् भन्ने गुनासो आएकाले तत्काल वातावरण बनाउनुपर्ने खाँचो रहेको बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, म पनि सदन खुलाउन भूमिका खेल्छु, तपाईँ पनि लाग्नुहोस्, छिट्टै सहमति गर्नपर्छ , म प्रमुख विपक्षी दलको नेतासँग थप पहल गर्छु ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै