एमाले पार्टीको औपचारिक कार्यक्रम अध्यक्ष ओलीको फोटो मात्रै अव देखि देखि राख्न पाईने
नेकपा एमालेले अब देखि पार्टीका औपचारिक कार्यक्रममा पार्टी अध्यक्ष केपी ओलीको मात्र फोटो राख्ने देखि मञ्चको प्रयोग वक्क्ताले मात्रै गर्नेसम्मको आचारसंहिता एमालेले बनाएको हो । पार्टीका औपचारिक कार्यक्रमलाई भड्किलो नबनाउने भन्दै पार्टीमा ५ बुँदे आचारसंहिता बनाएको छ । पार्टीको केन्द्रीय सचिवालय बैठकले त्यस्तो आचारसंहिता बनाएको हो ।
पार्टीले कार्यक्रमलाईम र्यादित बनाउने र भड्किलो हुन नदिन आचारसंहिता बनाएको एमाले अध्यक्ष केपी ओलीले बुधबार एक कार्यक्रममार्फत सार्वजनिक गरेका थिए । त्यसको भोलिपल्टै एमाले उपमहासचिव विष्णु रिमालले एमालेले बनाएको आचारसंहिता सामाजिक सन्जालमार्फत सार्बजनिक गरेका हुन् ।
उपमहासचिव रिमालले आफ्नो फेसबुक पेजमा पार्टी सचिवालयको निर्णय भन्दै कार्यक्रममा भएका भद्धा आशन ग्रहण र अनुहारै छोप्ने गरीका फूलमाला खादालाई निरुत्साहित गर्न पार्टीको साउन ३० गते बसेको बैठकले गरेको निर्णय सार्वजनिक गरेका हुन् ।
रिमालका अनुसार एमालेका कार्यक्रमहरुका ब्यानरमा अध्यक्ष ओलीको बाहेक अन्य नेताहरुको फोटो प्रयोग गरिने छैन । अतिथीहरुलाई दर्शकदिर्घामा नै मर्यादित ढंगले राख्नुपर्नेछ । मञ्चको प्रयोग वक्ताले मात्र गर्न पाउनेछन् । यसैगरीआसन ग्रहणको लम्बेतान शैलीलाई अन्त्य गरिने एमालेले जनाएको छ । कार्यक्रम सरल ढंगले गर्ने र खादा मालाको अनावश्यक प्रयोग नगर्ने रिमालले जनाएका छन् ।
यस्तो छ एमालेको पार्टी कार्यक्रममा ५ बुँदे आचारसंहिता
१, पार्टी अध्यक्ष बाहेक अन्य फोटो प्रयोग नगर्ने
२, मञ्चको प्रयोग वक्ताले मात्र गर्ने
३, अतिथि र वक्ताहरुको आसन दर्शक दीर्घामा नै हुने
४, कार्यक्रम सुरु भएपछि आसन ग्रहणको परम्परा अन्त्य गर्ने
५, ब्याज, माला र खादाको अनावश्यक प्रयोग नगर्ने, भडकिलो नबनाउने ।