सार्वजनिक लेखासहित तीनवटा संसदीय समितिको बैठक आज – Nepalboli

सार्वजनिक लेखासहित तीनवटा संसदीय समितिको बैठक आज

   ३२ श्रावण २०८०, बिहीबार  

आज संघीय संसद प्रतिनिधिसभा र राष्ट्रियसभा अन्तर्गतका तीनवटा समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज सार्वजनिक लेखा समितिसहित तीनवटा संसदीय समितिको बैठक सिंहदरबारमा बस्न लागेको हो ।

जसअनुसार राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठक बस्नेछ । यस्तै, प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक पनि आजकै लागि बोलाइएको छ ।

यस्तै, प्रतिनिधिसभा अन्तर्गतकै सार्वजनिक लेखा समितिको बैठक दिउँसो १ बजे बस्ने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै