माइतीघरमा अनशन बसेकाहरुको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण – Nepalboli

माइतीघरमा अनशन बसेकाहरुको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण

   ३१ श्रावण २०८०, बुधबार  

राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौंको माइतीघरमा विभिन्न माग राखेर अनशन र धर्नामा बसेकाहरुको मानव अधिकारको रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगले धनुषाकी आरती साहको मृत्यु घटनाका दोषीलाई कारबाही हुनुपर्ने माग राखेर भइरहेको परिवारको अनशन र वैवाहिक बलात्कारको आरोपका दोषीलाई प्रभावकारी कारबाहीको माग गर्दै अनशनरत आरती रावलका सम्बन्धमा सरकारको ध्यानाकर्षण गर्दै उनीहरुको जीवन रक्षा गर्न आग्रह गरेको हो ।

‘विगत लामो समयदेखि काठमाडौँस्थित माइतीघर मण्डलामा दोषीलाई कानुनी कारबाहीको माग राखी निरन्तर अनशनमा रहेका व्यक्तिहरुको मानवअधिकार अवस्थाप्रति राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण भएको छ । यस सम्बन्धमा आयोगले निरन्तर अनुगमन गरिरहेको छ,’ आयोगका प्रवक्ता टीकाराम पोखरेलले भनेका छन् ।

आयोगले निरन्तर अनशनका कारण व्यक्तिको स्वास्थ्यमा पर्नसक्ने जोखिमप्रति संवेदनशील हुँदै संवादको माध्यमबाट समस्याको समाधान गर्न र दुवै पक्षको मागको न्यायोचित सम्बोधन गरी अनसरत व्यक्तिहरूको मानव अधिकारको रक्षा गर्न आग्रह गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै