प्रधानमन्त्री प्रचण्ड अमेरिका र चीन जादै, भदौ ३० मा अमेरिका गएर त्यतैबाट ४ असोजमा चीन जाने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकामा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर त्यतैबाट चीन भ्रमणमा जाने जानकारी दिएका छन । मंगलबार प्रमुख सञ्चार माध्यमका सम्पादकहरुसँगको छलफलमा उनले १६ सेप्टेम्बर (३० भदौ) मा अमेरिकाको न्यूयोर्क जाने र २१ सेप्टेम्बर (४ असोज) मा त्यतैबाट चीन जाने जानकारी गराएका हुन् ।
अमेरिकाको न्यूयोर्कमा १९ सेप्टेम्बरबाट संयुक्त राष्ट्रसंघको महासभा सुरु हुँदैछ र त्यहाँ २१ सेप्टेम्बरमा आफ्नो सम्बोधन तय भएको प्रचण्डले जानकारी दिए ।
त्यसपछि २१ सेप्टेम्बरमा चीन जाने उनले बताए । चीनमा २३, २४ र २५ सेप्टेम्बरमा एसियाली खेलकुद कार्यक्रम तय भएको छ । २५ सेप्टेम्बरमा स्वदेश फर्किने तय भएको उनले बताए ।