अवैध रुपमा समातिएका सुनको तौल ६० किलो ७१६ ग्राम – Nepalboli

अवैध रुपमा समातिएका सुनको तौल ६० किलो ७१६ ग्राम

   ३० श्रावण २०८०, मंगलवार  

हङकङबाट मोटरसाइकलको ब्रे‍क शुभित्र लुकाएर भित्र्याइएको अवैध सुनको तौल ६० किलो ६१६ ग्राम भएको छ । सुनको परिमाण गालेपछि ६३ ग्रामले घटेको छ। टक्सार महाशाखाले मं‌गलबार बिहान १० बजेदेखि गाल्न सुरु गरेर सकेपछि तौल गर्दा ६३ ग्रामले घटेको हो ।

साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाहिर बरामद भएको सुन सोमबार नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा जोखिएको थियो। जोख्दा सुनको परिमाण ६० किलो ७७९ ग्राम देखिएको थियो।

सुन भन्सार जाँचपास भएर सिनामंगलको रोडमा निकालिएको अवस्थामा राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो। त्यसबेला सुनसहितको ब्रेक शुको तौल १५५ किलो रहेको सार्वजनिक गरिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै