सिआईबी द्धारा आफनै कार्यलयमा पुुर्वप्रम माधव नेपाल संग बयान – Nepalboli

सिआईबी द्धारा आफनै कार्यलयमा पुुर्वप्रम माधव नेपाल संग बयान

   ३० श्रावण २०८०, मंगलवार  

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सारेको प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग बयान लिएको छ। सिआईबीले आफ्नै कार्यालयमा पूर्वप्रधानमन्त्री नेपालसँग सोमबार साँझ बयान लिएको हो ।

सिआईबीले बोलाएपछि ललितानिवास जग्गा हिनामिनासम्बन्धी मुद्दाको अनुसन्धानका लागि बयान दिन नेपाल सोमबार बेलुका सिआइबी पुगेका यो प्रकरणको अनुसन्धान गरिरहेका एक प्रहरी अधिकृतले जानकारी दिए ।

ती अधिकृतका अनुसार सत्ता गठबन्धनको बालुवाटारमा भएको बैठक सकाएर सिआईबी पुगेका नेपाल बयान सकाएर मध्यराति कोटेश्वरस्थित निवास फर्किएका थिए । सिआइबीले बयान दिन बोलाएपछि नेपाल युरोप भ्रमणबाट सोमबार स्वदेश फर्किएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै