राष्ट्रिय सभा बैठक भदौ ५ गतेका लागि सर्यो

राष्ट्रिय सभा बैठक भदौ ५ गतेका लागि सरेको छ । साउन ३१ गते बुधबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक त्यसदिन नराख्न सत्तापक्ष र प्रतिपक्षले आग्रह गरेको भन्दै भदौ ५ गतेसम्मका लागि सारिएको संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
बैठक भदौ ५ गते मंगलबार दिउँसो एक बजेका लागि आह्वान गरिएको छ ।
संघीय संसद् प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै अवरोध गर्दै आएको छ ।