नेविसंघको केन्द्रीय समितिमा नबस्ने एलिजा ढकाल र मुकेश घिमिरेको घोषणा

नेविसंघ केन्द्रीय सदस्य एलिजा ढकाल र मुकेश घिमिरेले केन्द्रीय समितिमा नरहेको घोषणा गरेका छन्। गत साउन २२ गते सभापति शेरबहादुर देउवाले ७१० सदस्य नेविसंघ गठन गर्दा ढकाल र घिमिरेलाई पनि केन्द्रीय सदस्य मनोनीत गरेका थिए।
तर उनीहरूले नेविसंघ केन्द्रीय समितिमा नबस्ने घोषणा गरेका छन्। मंगलबार विज्ञप्ति निकालेर उनीहरूले नेविसंघको सुन्दर भविष्यको कामना गर्दै यस समितिमा नरहेको घोषणा गर्न चाहन्छौँ’ भनेका हुन्।
उनीहरूले काम गर्न कुनै औपचारिक पदमा बसिराख्नु नपर्नेसमेत उल्लेख गरेका छन्। नेविसंघ समावेशी नभएकोमा पनि विरोध भइरहेको छ। असन्तुष्ट पक्षले विधानअनुसार १५१ सदस्यीय नेविसंघ गठन गर्न पनि माग गरिरहेका छन्।