गौर हत्याकाण्डको छानबिन नगर्ने गठबन्धनको निर्णयप्रति पीडित संघर्ष समितिको आपत्ति – Nepalboli

गौर हत्याकाण्डको छानबिन नगर्ने गठबन्धनको निर्णयप्रति पीडित संघर्ष समितिको आपत्ति

   ३० श्रावण २०८०, मंगलवार  

सत्तारुढ गठबन्धनले गौर हत्याकाण्डको छानबिन नगर्ने निर्णय गरेपछि पीडित संघर्ष समितिले आपत्ति जनाएको छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै पीडित संघर्ष समितिले गत साउन २३ गते सरकारसँग हत्याकाण्डको छानबिन गर्ने सहमती भएको मसी समेत सुक्न नपाउँदै अपराधीहरुलाई जोगाउन गठबन्धनले अवैध निर्णय गरेको भन्दै आपत्ति जनाएको हो ।

समितिले सहमती अनुसार सरकारले आफ्ना माग पुरा नगरे कडा भन्दा कडा जनसंर्घषका कार्यक्रम गर्न बाध्य हुने जनाएको छ ।

सत्तारुढ दलहरुका शीर्ष नेताको सोमबार बालुवाटारमा बसेको बैठकले गौर हत्याकाण्डका विषयमा मारिएका व्यक्तिका परिवारले क्षतिपूर्ति पाइसकेको र मारिनेहरु सहिद घोषणा भइसकेकाले थप यसमा केही बाँकी नरहेको निष्कर्ष निकालेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै