सत्ता गठबन्धनका शीर्ष नेताको बिचमा आज छलफल

सत्ता गठबन्धनका शीर्ष नेताहरूको बिचमा आज छलफल भएका छन । बालुवाटारमा भएको छलफलमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको गठबन्धनका नेताहरुले बताएका छन । आज समसमायीक छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनका शिर्ष नेताहरुलाई बोलाएका थिए ।
बैठकमा प्रधानमन्त्री प्रचण्डसहित माओवादी केन्द्रका शीर्ष नेता, काँग्रेसका सभापति शेरबहादुर देउवासहित अन्य नेता तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका अध्यक्ष महन्थ ठाकुर लगायत शीर्ष नेताहरू सहभागी थिए ।
बैठकमा तस्करीको सुन प्रकरणलाई लिएर भइरहेको संसद् अवरोध, भ्रष्टाचारका फाइल खोलेपछि गठबन्धन दलमा बढेको आशङ्का, ललिता निवास जग्गा प्रकरणलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।