एमाले सचिवालय बैठकले तय गर्यो पार्टीका प्रदेश अधिवेशनहरुको मिति – Nepalboli

एमाले सचिवालय बैठकले तय गर्यो पार्टीका प्रदेश अधिवेशनहरुको मिति

   २९ श्रावण २०८०, सोमबार  

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेश अधिवेशनको मिति औपचारिक रुपमा टुंग्गो लगाएको छ । आज पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बसेको एमाले सचिवालय बैठकले प्रदेश कमिटिको अधिवेशनको टुग्गो लगाएको हो ।

प्रदेश अधिवेशन भदौ र असोजमा गर्ने गरी मिति टुग्गो लगाएको सचिव योगेश भट्टराईले जानकारी दिए ।

कुन प्रदेशमा कहिले ?
कोशी प्रदेश, असोज- १२/१३
मधेस प्रदेश, असोज ५/ ६
बागमति प्रदेश, असोज ८/९
गण्डकी प्रदेश, असोज १५/१६
लुम्बिनी प्रदेश, भदौ १६/१७
कर्णाली प्रदेश, असोज १०/११
सूदुरपश्चिम प्रदेश, असोज २१/२२
उपत्यका विशेष प्रदेश, असोज १९/२०

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै